Thursday, 20 January 2011

गरीवी न्यूनीकरणको लागि कृषिमा आधुनिकिरण


राजन घिमिरे
नेपाल जस्तो गरिवी देशको लागि गरीवी न्यूनीकरण निकै नै चुनौतीपूर्ण हुँदै गइरहेको छ । नेपाल प्राकृतिक रुपमा आफैमा धनि हुँदाहुँदै पनि यहाँको शासन व्यवस्था र पद्दतिले गर्दा स्रोत र साधनको भरपुर उपयोग गर्न नसक्दा देश झन-झन गरिव हुँदै जानु परेको छ । अहिले पनि नेपालका १५ देखि २० प्रतिशतको हाराहारीमा जनता पूर्ण रुपले वेरोजगार छन् भने लगभग ४० प्रतिशत जनता जीविकोपार्जन गर्न सक्ने सम्म रोजगारी पाइरहेको अवस्था छ । नेपाल कृषि प्रधान देश भएर पनि कृषिमा आधुनिकीकरण हुन सकिरहेको छैन् । परम्परावदी र पुरातन प्रवृत्तिवाट नेपालका अिधंकाश कृषक कृषि पेशालाई अंगाल्दै आइरहेका छन् । नेपालको कृषि प्रणालीले धेरै जसो कृषकलाई ६ महिनासम्म खान पुग्ने अवस्था छैन् । नेपालका लभगभ ७५ प्रतिशत जनता कृर्षिमा आश्रीत हुँदाहुँदै पनि यसको आधुनिकीकरण र वैज्ञानीकीकरण हुँन नसक्दा धेरै नोक्सानी मात्र होइन खाद्यान्नमा परनिर्भर हुनु परी रहेको अवस्था विद्यमान छ । कृषिको विकास विना देशको विकास अशंभव ठानी सन् १९९५ देखी दीर्घकालीन कृषि योजना लागु गरिएको थियो । जसमा नेपालको गरीवि ४२ प्रतिशतवाट १४ प्रतिशतमा झार्ने योजना ल्याइएको थियो । यो लक्ष्य सजिलै पुरा हुने अहिलेको कृषि प्रणाली प्रतिको अवस्थाले देखाउदैन । तीनवर्षे अन्तरीम योजनाका अनुसार नेपालमा ३१ प्रतिशत जनता गरिवीको रेखामुनी रहेको जनाइएको छ भने यसमा पनि ९० प्रतिशत जनता ग्रामिण क्षेत्रमा बस्ने गरेको देखिएको छ । दिर्घकालीन कृषि योजनाका रुपमा खाद्यान्नवाली नगदेवाली उत्पादन हुने मध्य पहाडमा फलफुल तथा तरकारी उत्पादन उच्च पहाडी क्षेत्रमा गरीने पशुपालनका साथै राम्रो वाली उत्पादनलाई प्राथमिकता दिने भनिएको छ । नेपाल सानो देश भएता पनि यस देशमा हावापानी र मौसमको विविधता पाइन्छ । यसकारण विभिन्न वाली उत्पादन गर्ने संभाव्यता राम्रो देखिन्छ । ग्रामीण क्षेत्रमा आम्दानी रोजगारी सृजना गर्न र समावेसी आर्थिक विकासको अवधारणालाई मूर्त रुप दिन कृर्षिको भूमिका अतुलनिय हुन सक्दछ । जमिन जंगल जल आदीको विनास हुँदै जानाले कृर्षि क्षेत्र समस्याग्रस्त बन्दै जान थालेको छ ।

Wednesday, 19 January 2011

ए काले वनाउँलान त संविधान तेरा बाँ ले


सामाजिक परिवेश
-राजन घिमिरे
पल्ला घरको साइलीले सोध्दै थिइ ए काले के समयमै संविधान बनाउँलान त तेरा बाँ ले काले के गरोस बिचरो आफूले बनाउने भए पो ! उसलाई आजभोली सबैले यही प्रश्न गर्दा रिस उठन थालेको रहेछ । अस्ति भन्दै थियो म होइन सभासद बाँ हुन उनैलाई सोध्नु नी यस्तै गुनासो गर्दा पनि उसले अव संविधान नबनुनजेल सुख पाउने वाला भने छैन । उसलाई जहाँ भेटे पनि गाउँ भरिकाले संविधान कहिले बन्छ त त सभासदको छोरो होस केही त थाहा होला नी भन्दै सोध्दै गर्छन । उसलाई भने यो प्रश्नको न त जवाफ छ न त केही थाहा नै । उसका बाँलाई त थाहा छ की छैन उसलाई कहाँबाट थाहा होला । अस्ति मात्रैको कुरो हो काले र म सँगै बेसी झर्दै थियौं चौतारोमा तिन÷चार जना युवती बसेर गफ चुटीरहेका रहेछन् उसलाई देख्ने वित्तिकै खितित्त हाँसे मैले सोधे ओ किन हाँसेको हैन तिमीहरुले चौतारोमा बस्यो गफ मार् यो हास्यो काम छैन की क्या हो उनिहरुले पनि चोटीलो जवाफ दिए । हामीसँग समयमै संविधान वनाउँछौं शान्ति स्थापना गर्छौ गाउँको विकास गर्छौ आदि सपना देखाएका कालेका बाँ अहिले काठमाडुमा बसेर आफै सपना देखिरा होलान विचरो काले भने घर र बेसी गरी राछ विचरोलाई देखेर हासो लाग्या नी । काले चुप्प लाग्यो काम न भाका भन्दै हामी बेसी तीर लाग्यौं ।

Saturday, 15 January 2011

आरक्षण होइन समान शिक्षा देउँ

-Rajan Ghimire
नेपालमा आरक्षणको बहस चलेको धेरै समय भइसक्यो चाहे त्यो महिला आरक्षण ३३ देखि ५० प्रतिशत पुर् याउनुपर्ने माग होस या आदिवासी जनजाती तथा पिछडिएको वर्गको आरक्षणको किन नहोस । नेपालमा आरक्षणको लागि विभिन्न दवाव र आन्दोलन नभएका पनि होइनन् आरक्षण सान्र्दभिक छ या छैन् त्यो वहसको सवाल त वन्ला तर यहाँ आरक्षण कस्तो जाती क्षेत्र र वर्गसमुदायलाई दिने भन्ने सवाल मात्र उठाउन खोजिएको हो ।
यहाँ आरक्षण कोटामा विभिन्न राजनीतिक दलका नेता तथा नेतृहरुले राजनीति गरिरहेका छन् भने आरक्षणकै कोटामा विभिन्न पदमा जागिर खाइरहेका छन् । तर यहाँ भन्न खोजिएको कुरा जो आरक्षण पाउँन लाएक छ त्यसले यहाँ आरक्षणको ुअु शब्द सम्म पनि पढन पाउँदैन । नेपालमा आरक्षणको नाममा त्यस्ता धेरै व्यक्तिले मात्र दलित जनजाति र पिछडिएकेा क्षेत्र र वर्गको रुपमा आफुलाई चिनाएर राजनीति र जागिर खाइरहेका छन् । यहाँ सच्चा दलित त ति हुन् जो गाउँ-घरमा बसेर शिक्षाको त के कुरा बिहान बेलुकाको छाक टार्न समेत गाह्रो पर्ने गर्छ । तिनलाई शिक्षा चाहिएको छ यानिकी आरक्षण होइन । उनिहरुलाई शिक्षाको पहुँचसम्म पुर् याइनु जरुरी छ । मानिस शिक्षित भए उ सबै निकायमा प्रतिस्प्रर्धा गर्न सक्छ ।

कस्तो छ पर्यटन वर्षको तयारी ?

-Rajan Ghimire
नेपालले सन् २०११ लाई पर्यटन वर्षको रुपमा मनाउने घोषणा गरेको समय यहि माघ १४ गतेबाट शुरु हुँदैछ । यस विचमा केही पर्यटन वर्ष सम्वन्धी कार्यक्रम भएतापनि पर्याप्त मात्रामा कार्यक्रमहरु हुन सकिरहेको देखिदैन । नेपालले सन् २०११ लाई पर्यटन वर्षको रुपमा मनाउदै १० लाख पर्यटक नेपाल भित्र्याउने घोषणा गरेपनि यहि तयारीको भरमा अपेक्षाकृत पर्यटक नभित्र्ने पक्का छ । नेपालका पर्यटन व्यवसायिले पर्यटन सम्वन्धी केही साना तिना कार्यक्रम ल्याएता पनि राम्रा र पर्यटक आकर्षित गर्ने खासै राम्रा नैला र आकर्षक योजनाहरु ल्याएको देखिदैन । नेपाल पर्यटनको लागि प्रचुर संभावना वोकेको देश भएर पनि सरकारको अर्कमन्यता र स्रोत साधनको अभावका कारण राम्रा पर्यटकीय स्थलहरु ओझेलमा परेका छन् ।
यदि सन् २०११ मा भनेकै संख्यामा पर्यटक नेपाल भित्रिए भने पनि उनिहरुलाई राम्रोसँग राख्ने के व्यवस्था गरीदैछ पर्यटकको लागि नयाँ पर्यटकीय स्थान र मनोराजनात्मक कार्यक्रमहरुको लागी कस्तो व्यवस्था छ पर्यटकको लागि हवाई सडक यातायात पैदल यात्राको लागि सुरक्षाको कस्तो व्यवस्था हुँदै छ पर्यटन वर्षको लागि लोडसेडिङको केही विकल्प छ की झन् बढदै जाने हो पर्यटन वर्षको लागि होटल रेष्टुरेन्टहरु पर्याप्त मात्रामा छन् या छैनन् यसको लागि सरकारी तवरवाट के कस्तो तयारी भइरहेको छ यी र यस्ता यावत प्रश्नहरुको जवाफ सरकार र पर्यटन वोर्डले दिनु जरुरी छ ।