सामाजिक परिवेश
-राजन घिमिरे
पल्ला घरको साइलीले सोध्दै थिइ ए काले के समयमै संविधान बनाउँलान त तेरा बाँ ले काले के गरोस बिचरो आफूले बनाउने भए पो ! उसलाई आजभोली सबैले यही प्रश्न गर्दा रिस उठन थालेको रहेछ । अस्ति भन्दै थियो म होइन सभासद बाँ हुन उनैलाई सोध्नु नी यस्तै गुनासो गर्दा पनि उसले अव संविधान नबनुनजेल सुख पाउने वाला भने छैन । उसलाई जहाँ भेटे पनि गाउँ भरिकाले संविधान कहिले बन्छ त त सभासदको छोरो होस केही त थाहा होला नी भन्दै सोध्दै गर्छन । उसलाई भने यो प्रश्नको न त जवाफ छ न त केही थाहा नै । उसका बाँलाई त थाहा छ की छैन उसलाई कहाँबाट थाहा होला । अस्ति मात्रैको कुरो हो काले र म सँगै बेसी झर्दै थियौं चौतारोमा तिन÷चार जना युवती बसेर गफ चुटीरहेका रहेछन् उसलाई देख्ने वित्तिकै खितित्त हाँसे मैले सोधे ओ किन हाँसेको हैन तिमीहरुले चौतारोमा बस्यो गफ मार् यो हास्यो काम छैन की क्या हो उनिहरुले पनि चोटीलो जवाफ दिए । हामीसँग समयमै संविधान वनाउँछौं शान्ति स्थापना गर्छौ गाउँको विकास गर्छौ आदि सपना देखाएका कालेका बाँ अहिले काठमाडुमा बसेर आफै सपना देखिरा होलान विचरो काले भने घर र बेसी गरी राछ विचरोलाई देखेर हासो लाग्या नी । काले चुप्प लाग्यो काम न भाका भन्दै हामी बेसी तीर लाग्यौं ।
काले केही पनि बोलिराको थिएन ए काले आज त किन नवोलि हिडी रा एकैछिन पछि उसले भन्यो कसरी बोल्नु मलाई यी सबै प्रश्न जम्मा गरेर बाँलाई पठाई दिउँ जस्तो लाग्न थाल्या छ हेर न ! बेसीको पुलमा एउटा सेत्तै फुलेकी बुढी आमा लौरो टेकदै हामी तिरै आउँदै हुनुहुन्थ्यो मैले सोधे होइन आमा यति बुढेसकालमा पनि किन आफु नै वेशी झर्नु भा बुढी आमाले भन्नु भयो तिमीलाई थाहै त छ नी माओवादीको युद्धको बेला बेपत्ता भाएकी छोरी अझै थाहा पत्ता लागेको होइन छोरो त मारियो भनेर खवर पठाथे अहीलेसम्म केही पाएकी पनि होइन अव कति दिन पो बुचिएला र यो कालेका बाउँहरु पनी संविधान हो की के हो बनाउँछौं अव कसैका छोरा मर्न दिदैनौं भन्दै खै के मा हो जीतेर गएका हुन अझै सम्म केही पनि गर्न सकेका छैनन् । बीचरा बुढी आमाको कुरा सुनेर मनमा खिन्नता छाएर आयो । नेपालमा शान्ति किन स्थापना हुन नसकेको होला संविधान किन नवनेको होला मनमनै प्रश्न गरे । अव वुढेस कालमा छोरा छोरीको साहारा पाउँने बेलामा आफै छोराछोरीको खोजीमै दीन वीताउँनु परेको छ ।
बीचरो काले के गरोस हिजो पर रामेको पसलबाट बाँलाई फोन गर्दै थियो तर बाँ संविधानसभामा प्रधानमन्त्री चयन गर्ने विषयको मिटिङ्गमा व्यस्त रहेछन् । उसको अहिलेको सपना पनि अधुरो भयो संविधान कहिले बन्छ देशमा शान्ती कहिले आउँछ द्धन्द्धका बेला वेपत्ता र मृतकहरुको परिवारले कहिले राहत कहिले पाउँछन् हामी जस्ता युवाहरुले कहिले रोजगारी पाइन्छ हत्या िहंसाको कहिले अन्त्य हुन्छ भन्ने जस्ता यावत प्रश्नहरु उसले फेरी पनि आफूसँगै फिर्ता लिएर आउनु पर् यो ।
No comments:
Post a Comment