
-Rajan Ghimire
नेपालले सन् २०११ लाई पर्यटन वर्षको रुपमा मनाउने घोषणा गरेको समय यहि माघ १४ गतेबाट शुरु हुँदैछ । यस विचमा केही पर्यटन वर्ष सम्वन्धी कार्यक्रम भएतापनि पर्याप्त मात्रामा कार्यक्रमहरु हुन सकिरहेको देखिदैन । नेपालले सन् २०११ लाई पर्यटन वर्षको रुपमा मनाउदै १० लाख पर्यटक नेपाल भित्र्याउने घोषणा गरेपनि यहि तयारीको भरमा अपेक्षाकृत पर्यटक नभित्र्ने पक्का छ । नेपालका पर्यटन व्यवसायिले पर्यटन सम्वन्धी केही साना तिना कार्यक्रम ल्याएता पनि राम्रा र पर्यटक आकर्षित गर्ने खासै राम्रा नैला र आकर्षक योजनाहरु ल्याएको देखिदैन । नेपाल पर्यटनको लागि प्रचुर संभावना वोकेको देश भएर पनि सरकारको अर्कमन्यता र स्रोत साधनको अभावका कारण राम्रा पर्यटकीय स्थलहरु ओझेलमा परेका छन् ।
यदि सन् २०११ मा भनेकै संख्यामा पर्यटक नेपाल भित्रिए भने पनि उनिहरुलाई राम्रोसँग राख्ने के व्यवस्था गरीदैछ पर्यटकको लागि नयाँ पर्यटकीय स्थान र मनोराजनात्मक कार्यक्रमहरुको लागी कस्तो व्यवस्था छ पर्यटकको लागि हवाई सडक यातायात पैदल यात्राको लागि सुरक्षाको कस्तो व्यवस्था हुँदै छ पर्यटन वर्षको लागि लोडसेडिङको केही विकल्प छ की झन् बढदै जाने हो पर्यटन वर्षको लागि होटल रेष्टुरेन्टहरु पर्याप्त मात्रामा छन् या छैनन् यसको लागि सरकारी तवरवाट के कस्तो तयारी भइरहेको छ यी र यस्ता यावत प्रश्नहरुको जवाफ सरकार र पर्यटन वोर्डले दिनु जरुरी छ ।
पर्यटन वर्ष २०११ लाई सफल बनाउनको लागि नेपालका विभिन्न राजनीतिक दल तिनका भ्रातृ संगठन र अन्य संघ संस्थाहरुले बन्द नगर्ने वाचा गरे पनि तिनै राजनीतिक दल र तिनका भ्रातृ संगठनहरुले बन्द आयोजना गर्ने तोडफोड गर्ने जस्ता कार्यहरु गरी नै रहेका छन् । यसले पर्यटन वर्ष असफल वनाउन मूख्य भूमिका खेल्ने मात्र होइन समग्र नेपालको विकासको तगारो नै बन्ने पनि देखिन्छ ।
देशको राजधानी काठमाडौंको पर्यटन वर्ष २०११ को तयारी त कछुवाको गतिमा अघि बढिरहेको छ भने अन्य भागको अवस्था के होला सहजै अनुमान गर्न सकिन्छ । राजधानीका सडक र सडक पेटीको अवस्था ट्राफिक जाम फुटपात व्यापारीले गर्दा पैदल यात्राको कठीनाई पर्यटकलाई जवरजस्ती समान किन्नको लागि पार्ने हैरानी सुरक्षा व्यवस्था राजनीतिक दलको असहयोगी भावना आदीले गर्दा पर्यटन वर्ष सफल वनाउन निक्कै नै गाह्रो पर्ने अवश्य नै देखिन्छ ।
यस पर्यटन वर्ष सफल बनाउन सरकार र पर्यटन व्यवसायीले विभिन्न किसिमका कार्यक्रम ल्याउन अत्यावश्यक छ । जस्तैः पर्यटक स-परिवार सहित आएमा एक व्यक्तिलाई विशेष छुटको व्यवस्था सामुहिक रुपमा नेपाल भित्रनेलाई संख्याको आधारमा छुटको व्यवस्था विशिष्ट पर्यटकहरुलाई विशेष सुरक्षा÷सुविधा पर्यटक लक्षित विभिन्न खेल कार्यक्रमहरु जस्तैः साइल रेस म्याराथुन छोटो दुरीका दौड सामुहिक हिमाल आरोहण हात्ति दौड हिमाली क्षेत्रमा दौड प्रतियोगिता अन्र्तराष्ट्रिय स्तरको नाटक तथा संगित महोत्सव विभिन्न किसिमका कार्यक्रमहरुवाट पनि पर्यटक लोभ्याउन सकीने हुँदा सरकारले सबै क्षेत्र लक्षित योजनाहरु बनाउनु आवश्यकता देखिन्छ ।
नेपालले पर्यटन वर्ष २०११ लाई सफल बनाउन विश्व स्तरमा नै पर्याप्त मात्रामा प्रचार-प्रसार गर्नु आवश्यक छ । विभिन्न देशमा रहेका नेपाली दुतावासहरुलाई नेपाल पर्यटन वर्ष २०११ सम्वन्धि व्यापक प्रचार प्रसार गर्न लगाउनु तथा त्यसको लागि अवश्यक वजेट विनियोजन गर्नु पर्दछ । त्यसको लागि विदेशमा रहेका नेपालीहरुको सहयोग अति नै महत्वपूर्ण हुने गर्दछ त्यसले गर्दा ूएक नेपाली एक पर्यटकू एकजना विदेशमा रहेको नेपालीले एक जना पर्यटक भित्र्याउने योजना ल्याउनु पर्दछ । यसले गर्दा पर्यटन वर्ष २०११ को लागि अवश्य नै ठूलो सहयोग पुग्नेछ ।
-अन्नपूर्ण दैनीकिमा पौष ,१३ मा प्रकाशित लेख
ramro 6 yesta kurahu hunu parcha
ReplyDelete